
खोटाङ, ४ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित राम्चे बराल थुम्की सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर राई चुनिएका छन् । राई साविकको दिप्लुङ–३ र ४ मा पर्ने सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा चौथोपल्ट चुनिएका हुन् । नौ सदस्यीय उपभोक्ता समितिको उपाध्यक्षमा जगत मगर, सचिवमा जमिला राई, उप–सचिव चन्द्रबहादुर नेपाली र कोषाध्यक्षमा कल्पनामायाँ राई चयन भएका छन् ।
२०५३ सालमा स्थापना गरिएको सामुदायीक वन उपभोक्ता समितिले केही वर्षअघि सामुदायीक वन उपभोक्ता समितितर्फ जिल्लामै चौथो पुरस्कार हात पारेको थियो । सो सामुदायीक वन उपभोक्ता समितिले आफ्नै भवन निर्माण गरेको छ । यस्तै, दिप्लुङको सोभे हुँदै खोटाङबजार जाने सडक तथा भगतपुर हुँदै जन्तेढुंगा जाने सडक निर्माण गरेको स्थानीय जगत किरातीले बताए । केही समयअघि मात्रै समितिले भानुमतीमा साँढे चार लाखमा भक्तजन वस्ने प्रतिक्षालय निर्माण गरिदिएको छ ।
यस्तै, स्थानीय बुढाभैरुङ प्राविका विद्यार्थीलाई झोला, कापी र डटपेन पनि वितरण गरेको समितिले जनाएको छ ।
