
खोटाङ, ६ फागुन । खोटाङको साकेला गाउँपालिकाको स्टोर र क्वाटरको रुपमा प्रयोग हुँदैआएको भवनमा आगलागी भएको छ । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित सामुदायीक भवनमा आगलागी भएको हो । स्टोर र क्वाटरको रुपमा प्रयोग हुँदैआएको पक्की भवनमा फागुन ६ गते बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।
अढाइ तले सामुदायीक भवनको भुइँतला स्टोर र माथिल्लो तला क्वाटरको रुपमा प्रयोग हुँदैआएको थियो । त्यसमध्ये स्टोरमा आगलागी भएको हो । आगलागीमा स्टोरमा राखिएका प्लाष्टिकका कुर्सी, इन्डक्सन चुल्हो, डष्टबिन लगायतका जिन्सी जलेको गाउँपालिकाका सुचना अधिकारी डिएम चाम्लिङले बताए । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
