
खोटाङ, ९ फागुन । मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली प्रकाशन गरेको छ । मुुख्या निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनकालागि खटिने १ हजार १७६ कर्मचारीको नामावली टुंग्याएको हो । मतदान गराउनका लागि आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुको नामावली र खटिने क्षेत्र टुंग्याइएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा १३६ स्थायी र २ अस्थायी मतदान स्थल तथा १९५ वटा स्थायी र २ अस्थायी गरि १९७ मतदान केन्द्र निर्धारण गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तोकिएका कर्मचारी निर्वाचन सामग्री बोकेर फागुन १७ गतेदेखि तोकिएको मतदान केन्द्रमा पुग्ने सहायक निर्वाचन अधिकृत मण्डलले बताए ।
हरेक स्थायी मतदान केन्द्रमा ६/६ जना र अस्थायी मतदान केन्द्रमा ३/३ जना कर्मचारी खटिने कार्यालयले जनाएको छ ।
