
खोटाङ, १२ फागुन । खोटाङका चार विद्यार्थी संगठनले छात्रालाई बलात्कार गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तीकारी र समाजवादी विद्यार्थी यूनियनले फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा संयुक्त ज्ञापन–पत्र बुझाउँदै छात्रालाई बलात्कार गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेले निवासी २४ वर्षीय खत्रीले फागुन ९ गते होमवर्क सिकाइदिने वाहनामा १३ वर्षीय छात्रालाई आफ्नै कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारका घटनाले सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक तथा समाजलाई गहिरो मानसिक आघात पुर्याएको उल्लेख गर्दै विद्यार्थी संगठनले पिडितलाई आवश्यक क्षतिपूर्ति सहित शिक्षा, स्वास्थ्य र भौतिक सुरक्षाको माग गरेको छ । विज्ञाप्तीमा पिडकलाई मुलुकी अपराध संहिताले व्यवस्था गरे बराबरको सम्पूर्ण सजाय दिलाउन माग माग गरिएको छ । ‘घटनाले पिडित छात्राको मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायको आत्माविस्वास, मनोवैज्ञानिक अवस्था तथा भविष्यप्रतिको दृष्टिकोणमा नकरात्मक असर पारेको छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘महिला, बालबालिका तथा यौनिक अल्पसंख्याकहरुमाथि हुने यस्ता अमानविय कार्यले शारिरिक तथा मानसिक चोट पु¥याउने भएकाले सुरक्षाको प्रत्यभूति दिलाउन माग गर्दछौं ।’
बालिकाको स्वास्थ्य परीक्षणपछि सोही दिन पिडकविरुद्ध जवरजस्ती करणी अन्तरगतको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । घट्नापछि दिक्तेल इंलिस बोर्डिङ सेकेण्डरी बोर्डिङ स्कुलले विज्ञाप्ती जारी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्न, पीडितको सुरक्षा र न्यायको माग गरेको छ ।
