
खोटाङ, २१ फागुन । एमाले नेता खगेन्द्र राईको निधन भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका राईको फागुन २० गते राति निधन भएको हो । माक्पाकै च्यानटारमा आफन्तको घरमा पुजाको निम्तो मानेर फर्कने क्रममा बाटोमा बेहोस अबस्थामा भेटिएका राईको जालपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
एमाले पुर्ब केन्द्रिय सदस्य राईको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । राति अबेरसम्म नआएपछि खोज्न जादा राई मलराम भन्ने ठाँउमा बेहोस अबस्थामा भेटिएको माक्पाका वडाध्यक्ष अरुण राईले बताए । वडाध्यक्ष राईका अनुसार स्टेण्ड हालिएको बाइकमाथि शरीर अडिएको अबस्थामा राई भेटिएका थिए ।
