खोटाङमा ४३ प्रतिशत मत खस्यो

खोटाङ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खोटाङमा ४३ प्रतिशत मत खसेको छ । कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६३ हजार ३५ मत खसेको हो । कुल मतदातामध्ये ३३ हजार पुरुष र ३० हजार ३५ महिलाले भोट हालेको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए ।

कुल मतदाता संख्यको ४३ प्रतिशत मात्रै मत खस्नुलाई ‘अर्थपूर्ण’ रुपमा हेरिएको छ । कतिपयले दलहरुप्रतिको बितृष्णाका कारण मतदाता घटेको दावी गरिरहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा खोटाङमा करिब ४८ प्रतिशत मत खसेको थियो । एक सिटका लागि १३ वटा दल र स्वतन्त्रका २ जनागरि १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।