कस्मेटिक, छाला तथा यौनरोगको उपचारका लागि इटहरीमा सुविधा सम्पन्न अस्पताल

खोटाङ, १ बैसाख । सुनसरीको इटहरीमा कस्मेटिक, छाला, यौनरोग तथा कुष्ठरोगको उपचारका लागि स्पेशल एस्थेटिक अस्पताल सञ्चालनमा ल्याइएको छ । छाला, सौन्दर्य, यौन स्वास्थ्य लगायतको उपचार सेवा प्रदान गर्ने उद्धेश्यका साथ इटहरी उपमहानगरपालिका–९ बसपार्कको उत्तरतर्फ अत्याधुनिक प्रविधि सहितको अस्पताल सुरु गरिएको हो ।

सौन्दर्य, छाला तथा यौन स्वास्थ्य सम्वन्धी समस्याको विश्वस्तरीय प्रविधिबाट निदान तथा उपचार गर्ने लक्ष्यका साथ कोशी प्रदेशमै पहिलो सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको हो । अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ र विश्वसनीय सेवा सहित पुर्वमै पहिलो अस्पताल स्थापना गरिएको मार्केटिङ म्यानेजर तिलकबहादुर महतले बताए । गत मंसिरदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले विशेषज्ञद्धारा छाला, यौन रोग तथा कुष्ठरोगको उपचार, स्थायी कपाल हटाउने, कपाल रोपण तथा कपाल उमार्ने, डण्डीफोर, दाग, खत, चायाँ, पोतो, तिल, मुसा हटाउने सेवा प्रवाह गरिरहेको छ ।

यस्तै, ट्याटु हटाउने, जलन वा शल्यक्रियापछि बनेको दागको उपचार, छाला टाइट गर्ने, चाउरीपन घटाउने तथा फेस लिफ्टिङ, मेडिकल हाइड्रा फेशियल, केमिकल पिलको उपचार व्यवस्था छ । जिएफसी, पिआरपी, एक्जोसम, पिडीआरएन, बोटक्स, जलनपछिको पुनर्निर्माण तथा प्लाष्टिक सर्जरीको उपचार सेवा पनि प्रवाह भइरहेको मार्केटिङ म्यानेजर महतले जानकारी दिए ।

अस्पतालमा स्थायी कपाल हटाउने, पिग्मेन्टेसन, स्कीन रिजुभनेसन तथा रक्तनली सम्वन्धी समस्याको उपचारका लागि अमेरिकन डुअल लेजर प्रविधि क्यान्डेला डुअल लेजर मेसिन, छाला कसिलो बनाउने, फेस लिफ्टिङ र एन्टी–एजिङ उपचारका लागि विश्वस्तरको प्रिमियम एचआइएफयू अल्ट्रामिटर, उच्चस्तरीय अन्तर्राष्ट्रिय लेजर प्रविधि क्यू–स्वीच्ड लेजर जडान गरिएको छ ।

यस्तै, छालाको पुरानो तह हटाएर नयाँ कोलेजन बनाउने, दाग, चाउरीपन कम गर्ने, छाला मुलायम र कसिलो बनाउने सिओटु फ्र्याक्सनल लेजर, छालालाई ठूलो बनाएर हेर्ने र रोगको पहिचान गर्ने, दात, तिल, पिगमेन्टेसन जाँच, स्कीन रोगको प्रारम्भिक पहिचान गर्न प्रयोग हुने डेर्माटोस्कोप उपलव्ध छ । महतका अनुसार एड्भान्स्ड स्कीन एनालाइजर, एड्भान्स्ड सुपर लेबोरेटरी, फार्मेसी सेवा पनि उपलव्ध छ ।

अस्पतालमा डर्माटोलोजिष्ट, प्लाष्टिक सर्जन, फिजिसियन, मेडिकल अफिसर, युएसए एनसिएलसी सर्टिफाइड एस्थेटिक एक्सपर्ट, कस्मेटोलोजिष्ट, लेजर टेक्नेसियन, एस्थेटिक नर्स, फार्मासिष्ट, पेथोलोजिष्ट लगायतका विशेषज्ञ टोलीमार्फत उपचारको प्रवन्ध मिलाइएको महतले बताए ।