बेहोस भएर छतबाट खसेका युवा गम्भीर, उपचारमा आर्थिक समस्या

खोटाङ, १ बैसाख । खोटाङमा बेहोस भएर घरको छतबाट खस्दा गम्भीर घाइते भएका युवाको उपचारमा आर्थिक समस्या भएको छ । चैत २८ गते बेहोस भएर घरको छतबाट खस्दा टाउकोमा गम्भीर चोट लागेका साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङका ३१ वर्षीय सविन सुवेदीको उपचारका लागि आर्थिक समस्या निम्तिएको हो । सुवेदीको काठमाडौं मेडिकल कलेजमा आइसियुमा राखेर उपचार भइरहेको छ । आफन्तका अनुसार गम्भीर अवस्थाका सुवेदीको चैत ३० गते टाउकोको शल्यक्रीया गरिएको छ ।

सुवेदीलाई उपचारका लागि लामो समयसम्म अस्पतालमा राख्नुपर्ने डाक्टरको सुझाव छ तर आर्थिक अवस्था नाजुक भएकाले परिवारले सहयोगको याचना गरेका छन् । सविनको जीवनरक्षाका लागि पीडित परिवारले क्यूआरमार्फत सहयोग गर्न आव्हान गरेका छन् । सुवेदीको अवस्था गम्भीर छ ।