बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

खोटाङ, ६ बैसाख । खोटाङको दिक्तेलमा आयोजना गरिएको बायो–रेथा (रेडपाण्डा थार) अन्तर्राष्ट्रिय सम्मेलनले जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेर सात बुँदे घोषणा–पत्र जारी गरेको छ । नेपाल सहित भारत, बंगलादेश, अष्ट्रेलिया, जर्मन र अमेरिकामा जैविक विविधता तथा पर्यावरणको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागीता रहेको सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै जैविक विविधता संरक्षणका सवालमा दिक्तेल घोषणा–पत्र जारी गरेको हो ।

बैसाख ३ गतेदेखि बैसाख ६ गतेसम्म सञ्चालन भएको सम्मेलनले प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्र व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता सहित घोषणा–पत्र जारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)