सशस्त्र प्रहरी बल, नम्बर ७ गुल्म हेड क्वाटर हलेसीको स्थापना दिवस मनाइयो

खोटाङ, १२ बैसाख । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हेड क्वाटर हलेसी, खोटाङको १६ औं स्थापना दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको मझुवागढीमा रहेको गुल्मको बैसाख १२ गते विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाइएको हो । आफ्नो स्थापना दिवसको अवसरमा गुल्मले विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेत, साकेला गाउँपालिका–५ मात्तिमका वडाध्यक्ष जीवन खत्री, रावाबेशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल, जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगर र पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई सम्मानित भएका छन् । उनीहरुलाई प्रमुख अतिथिका रुपमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले सम्मान–पत्र प्रदान गरेका थिए ।

स्थापना दिवसमा गुल्म तथा मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुबीच भएको ३०० मिटर महिला सशस्त्र प्रहरी कर्मचारी दौडमा प्रथम भएकी जवान प्रतिक्षा आचार्यलाई प्रमाणपत्र र मेडल तथा २ माइल पुरुष दौडमा प्रथम हुने जवान भक्तबहादुर तामाङलाई प्रमाण–पत्र प्रदान गरिएको गुल्मपति प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले बताए ।

यस्तै, टेवलटेनिसमा प्रथम भएका सशस्त्र प्रहरी सहायक हवल्दार विनोद कार्कीलाई प्रमाण–पत्र, हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी हवल्दारहरु लिलबहादुर खड्का, नविन राई, अमृत सुनुवार र जवान राममायाँ नगरकोटीलाई प्रमाण–पत्र र मेडल प्रदान गरिएको छ ।

भलिवलमा प्रथम हुने वरिष्ठ हवल्दार दिपेन्द्र अधिकारी, सहायक हवल्दार नैनबहादुर बस्नेत, तिलबहादुर राई, दुर्गाबहादुर राई, जवान प्रविण राई र परिचर सुवास बस्नेतलाई प्रमाण–पत्र र मेडल प्रदान गरिएको छ ।

उत्कृष्ट कार्यगरी मासिक जवान घोषणा अन्र्तगत माघ महिनाका मासिक जवान सहायक हवल्दार अर्जुन बस्नेत, फागुन महिनाका मासिक जवान हवल्दार अम्बरबहादुर आले मगर र चैत महिनाको मासिक जवान जवान अक्ष राईलाई प्रमाण–पत्र वितरण गरिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक थापा, उपमेयर राई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु विष्ट, रणभीम गण मुडे ब्यारेकका सेनानी चन्द्र भट्ट लगायतले सम्मान–पत्र प्रदान गरेका थिए ।

दिक्तेलको हाँटडाँडास्थित खाद्यान्नको भवनमा स्थापना गरिएको सशस्त्रको गुल्मलाई २०६७ बैशाख १२ गते मझुवागढीमा स्थानान्तरण गरिएको थियो । त्यही मितिलाई गुल्म स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।