
खोटाङ, १६ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे तर अस्पतालमा खोप पाएनन् । चैत २९ गते कुकरले टोकेपछि वृद्ध आचार्य लट्ठी टेक्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन अस्पताल पुगेका थिए । जिल्ला अस्पतालमै ‘एन्टी रेबिज भ्याक्सिन’ नपाएपछि आचार्य हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नगर अस्पताल पुगेर एक डोज खोप लगाए । बाँकी दुई डोज खोप दिक्तेलकै क्लिनिकमा किनेर लगाएको आचार्य बताउँछन् ।
यस्तै, दिक्तेलकै ७ वर्षीय बालकले पनि जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’ पाएनन् । बजारका क्लिनिकबाट भ्याक्सिन किनेर लगाइएको पीडित परिवारको गुनासो छ ।
यी केही उदाहरण हुन् । सरकारले जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’को व्यवस्थापन गर्न नसक्दा जिल्लाका नागरिक मारमा परिरहेका छन् । कुकुर वा अन्य जनावरले टोकेको अवस्थामा सर्वसाधारण क्लिनिक वा जिल्ला बाहिर गएर उपचार गर्न बाध्य बनेका छन् । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
