प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग

खोटाङ, १६ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग भएको पाइएको छ । नगरपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का लिएको आकाश निर्माण सेवा सिन्धुपाल्चोकले मापदण्ड विपरितको इँटा प्रयोग गरेको पाइएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माणाधिन भवनको पर्खालमा सम्झौता विपरितको इँटा प्रयोग भएको पाइएको मेयर बिमला राईले बताईन् ।

भवनको भुइँ तला र दोश्रो तलाको कोठा पार्टेशन वालमा १ नम्बरको इँटा लगाउनुपर्नेमा ‘छलछाम’ गरेर २ नम्बरको इँटा मिसाएर पाटेशन वाल बनाएको पाइएको हो । २ नम्बर इँटा प्रयोग गरेर बनाइएका ८३२ स्क्वायर फिट पार्टेशन वाल बैसाख १५ गते भत्काएर पुःन १ नम्बरको इँटा प्रयोग गरेर पर्खाल बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । (भिडियो समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुनेछ ।)