श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ

खोटाङ, १२ जेठ । खोटाङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ परेका छन् । २७ वर्षीय श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा प्रहरीले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा धारिमका ३३ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो ।

जेठ ८ गते राती श्रीमती शान्ति चर्मकारको कर्तव्य गरि हत्या गरेको अनुसन्धानबाट खुलेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक निराजन बस्नेतले बताए । जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।