प्रेस युनियन खोटाङको अध्यक्षमा शेर्पा निर्वाचित

खोटाङ, २७ भदौ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङको अध्यक्षमा चिसाङ शेर्पा निर्वाचित भएका छन् । भदौ २६ गते सम्पन्न आठौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा कृष्णकला राई र महिला उपाध्यक्षमा एनिसा राई, सचिवमा सुनिल श्रेष्ठ, सह–सचिवमा योगीन राई र कोषाध्यक्षमा मनिता राई चयन भएका छन् । यस्तै, सदस्यमा मनोज आचार्य, दिनराज कार्की, पदम हिङमाङ, मिलन अचार्य र एल्जिना राई चयन भएका छन् ।

केन्द्रीय महाधिबेसन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौंलागाई, राजकुमार भट्टराई, रबिना सुबेदी (खत्री) र खिलन राई तथा प्रदेश प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगीन राई र एल्जिसा राई चयन भएका छन् । प्रेस युनियनले प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको थियो । प्रेस युनियनको अधिबेसन कोशी प्रदेशका पुर्वमन्त्री एबं कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले प्रमुख अतिथिका रुपमा उद्घाटन गरेका थिए ।

प्रेस युनियनको अध्यक्षमा निर्वाचित शेर्पा नेपाल पत्रकार महासंघका उपाध्यक्ष छन् । हलेसी एफएफबाट २०६६ सालदेखि पत्रकारिता सुरु गरेका शेर्पा समायोजन खबर डटकममा सञ्चालक हुन् । शेर्पा हाल हिमालयटाइम्स दैनिकमा आवद्ध छन् । शेर्पासँग सुर्योद्धय टिभी र एपीवान टिभीमा काम गरेको अनुभव छ ।