ताजा अपडेट

एसइई को ग्रेड वृद्धि (पूरक) परीक्षा आजदेखि सुरु

ताजा अपडेट
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा आजदेखि सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको परीक्षा दिउँसो २ बजेसम्म चल्ने छ । २०८० साल चैत १५ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका तथा अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिएका छन्। एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने भएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको थियो । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै 'एनजी' आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था थियो । सरकारले यस पटक अनुत्तीर्ण सबै परीक्षार्थीलाई मौका परीक्षा दिने व्यवस्था गरेको हो । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्...

बढ्दै हैजाको प्रकोप

ताजा अपडेट
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताउनुभयो । एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ । शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ । निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैजा छ भने उसको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । डा. घिमिरेले हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जनचेतना जनस्तरमा बढाउनुपर्ने बताउनुभयो । डा. घिमिरेका अनुसार हैजा...

बागमती प्रदेशका क्यान्सरपीडितलाई एक लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

ताजा अपडेट
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।  आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उहाँले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिने बताउनुभयो ।  त्यसैगरी, मानसिक एवम् नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्य मन्त...

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

ताजा अपडेट
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् ।आयोगलाई ४५ दिन म्याद दिइएको छ । बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियम...

कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य

ताजा अपडेट
कैलालीका पन्ध्र वटा विद्यालयमा एसइई परीक्षाको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ । भजनीका राष्ट्रिय मावि पल्टुपुरबाट ३२ जना, महेन्द्र मावि पगियापसारबाट ३१ जना, सरस्वती मावि नवलपुरबाट २४ जना, राष्ट्रिय मावि महादेउलीबाट २४ जना, र राष्ट्रिय मावि ढुसीबाट २० जनाले एसइई परीक्षा दिएकोमा कुनै विद्यार्थी उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिनुभयो । टीकापुर नगरपालिकाको राष्ट्रिय मावि सोनाफाँटा र त्रिभुवन मावि मौरनियाको नतिजा शुन्य आएको छ । त्रिभुवन माविबाट २६ जना र राष्ट्रिय माविबाट २३ जनाले परीक्षा दिएका थिए । यस्तै, यहाँको निजी विद्यालय सगुन एकेडेमीबाट आठ जनाले परीक्षा दिएकोमा नतिजा शुन्य आएको छ । चुरे गाउँपालिकाका तीनवटा विद्यालयको नतिजा शुन्य आएको छ । यहाँको जनता मावि बैसेनीबाट ३६ जना, जनता मा...
देशका बिभिन्न स्थानमा  मनसुनी वायुको प्रभाव

देशका बिभिन्न स्थानमा  मनसुनी वायुको प्रभाव

ताजा अपडेट
 हाल  देशभर बिभिन्न स्थान मा  मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...
खोलाले बगाएका मुर्मुको शव भेटियो, एक बालकको खोजी तीव्र

खोलाले बगाएका मुर्मुको शव भेटियो, एक बालकको खोजी तीव्र

ताजा अपडेट
झापाको गौरीगन्ज गाँउपालिकामा कमल खोलाले बगाएर बिहीबारदेखि बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ।  गौरीगन्ज गापालिका माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई सानो कमल खोलाले बिहीबार दिउँसो करिब ३ बजे बगाएको थियो। प्रहरीका अनुसार नुहाउन खोलामा पसेका मुर्मुलाई खोलाले बगाएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मुर्मुको शव शुक्रबार बिहान बगाएको भन्दा पाँच सय मिटर टाढा घोप्टो परेको अवस्थामा भेटिएको हो। घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएका एक बालक शुक्रबार अबेरसम्म फेला पर्न नसकेको प्रहरीको भनाइ छ। तीन दिनदेखि १२ वर्षीय मिलन बिकको अवस्था अज्ञात छ।...

तीन दिवसिय कार्यक्रम सहित बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

ताजा अपडेट
बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न भएको छ । तीन दिवसिय कार्यक्रमको आयोजना गरिएकोमा पहिलो दिनको कार्यक्रम योग जागरण र रक्तदान गर्न उत्प्रेरित गर्नका साथै दसौं अतर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा गरिएको प्रभातफेरि ता. न .पा  पतंजली योग समितिका अध्यक्ष चन्द्र सापकोटाबाट शुभारम्भ भएको थियो ।उक्त प्रभातफेरीमा सातवटा योग साधना केन्द्रका साधाक साधिका स्थानीयवासी स्थानीय प्रहरी , संचारकर्मीहरु उपस्तिथिमा भव्य रुपमा सम्पन्न भएको हो  । दोस्रो दिनको कार्यक्रम अन्तरगत असार ७ गते वार्षिकोत्सबका दिन ता.न.पा ४ को वडा सदस्य बिन्दु थापा सापकोटाको प्रमुख आतिथ्यमा योग अभ्यास, योग आसन खेलकुद , रचना वाचन , योग र दर्शनको प्रवचन , साथमा विभिन्न विशिष्ट व्यक्तिहरुको शुभकामनाकासाथ सम्पन्नभएको हो । तेस्रो दिनको असार ८ को कार्यक्रम अन्तरगत वृहत् रक्तदानको आयोजना गरिएकोमा तारकेश्र्वर न पा...

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

ताजा अपडेट
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहीबार बिहान यात्रुवाहक बस र भारतीय मालवाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी विभिन्न अस्पताल पुर्याएको छ । घटनास्थलमा उद्धारको काम जारी रहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताउनुभयो । उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । बिहीबार बिहान ६ः३० बजेतिर बागमती नगरपालिका १ स्थित रायमाझी चोकमा भैरहवाबाट जनकपुरका लागि छुटेको लु १ ख ८८४८ नम्बरको बस र सोही स्थानमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक (लहरी) ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको छ । तीनै जनाको घटनास्थलमा नै म...

छ केजी सुन र ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिक पक्राउ

ताजा अपडेट
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन र  स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई काठमाडौँ–६, बौद्ध तीनचुली बाट पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो । यसै क्रमम...