
खोटाङ, ३१ असार । खोटाङमा एक कैंदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्धामा जिल्ला कारागारमा कैंद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो । कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराती बेहोस अवस्थामा भेटिएका थिए ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई राती १.५० बजे अस्पताल पुर्याइएको थियो तर अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । अस्पताल पुर्याउँदा कैंदीलाई मृत्यु भइसकेको अवस्थामा पाइएको डा. पुष्कल राईले बताए । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
