ताजा अपडेट

अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजना पक्राउ

ताजा अपडेट
रुपन्देही- फार्मेसीमा बसेर अनाधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-३, रानिगाउँबाट संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो । आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी हुन् । अर्कैको नाममा दर्ता भए पनि केवट र आचार्यले आफ्नो अध्ययन भन्दा बाहिर गएर औषधि जस्तो नागरिकको स्व...

भन्सार छली गर्ने नौ जना सामानसहित पक्राउ

ताजा अपडेट
काठमाडौँ- प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झ...

बजेटमाथिको छलफलमा सांसदहरुको मिश्रित प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएको बताउनुभयो ।  सांसद चौधरीले भन्नुभयो, “कृषिमा लगानी दशक घोषणा गरिएको छ । यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ ।” कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उहाँले बजेटमा स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दिका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गर्नुभयो । “एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ । यसलाई रोक्न ध्यान दिनुपर्छ” उहाँले भन्नु...

नेपाल स्रष्टा समाज,वागमती प्रदेश तदर्थ समितिको बिधिवत घोषणा

ताजा अपडेट
नेपाल स्रष्टा समाज,वागमती प्रदेश तदर्थ समितिको आयोजनामा  नेपाल स्रष्टा समाज,वागमती प्रदेश तदर्थ समितिको बिधिवत घोषणा तथा कवि सुषमा आचार्यद्वारा लिखित कबिता संग्रह अक्षरको आयतनमाथी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  । निम्तो रेस्टुरेन्ट,अनामनगरमा सम्पन्न कार्यक्रममा  वागमती प्रदेश तदर्थ समितिका संयोजक श्री रबिन्द्र आशिष शैलिको सभापतित्व रहेको थियो । गीतकार हरिकृष्ण धिताल(एच.के.)द्वारा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन,बिशिष्ट अतिथिहरुमा नेपाल स्रष्टा समाजका संरक्षक तथा नियात्राकार पवन आलोक,गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा,समालोचक ज्ञानु अधिकारी,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सि.,कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली,भानु प्रतिस्ठानका कोषाध्यक्ष हरिबोल ढकाल  हुनुहुन्थ्यो । ...

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने राष्ट्रिय महिला भेला सुरु

ताजा अपडेट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको  छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित हुनुहुन्छ । भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले) आबद्ध २३ वटै जनसङ्गठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागिता छ । वि.सं. २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । यसै दिनको  स्मरणमा भेलाको आयोजना गरिएको हो । यस्तै, ...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

ताजा अपडेट
काठमाडौँ- आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यट...

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

ताजा अपडेट
काठमाडौँ।आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने,...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी

ताजा अपडेट
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आज सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समस्याग्रस्त सहकारी छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेशको विषयलाई लिएर निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ । समिति बनाउने विषयमा दुवै पक्ष तयार भए पनि कार्यादेश टुङ्गिन सकेको छैन । कार्यादेशको टुङ्गो लगाउन बनेको कार्यदलले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शिर्ष नेताहरूलाई कार्यादेशको टुङ्गो लगाउन जिम्मा दिएको छ । शिर्ष नेताहरूको शनिबार राती बालुवाटारको बैठकले पनि कार्यादेशको विषय टुङ्गो लगाउन सकेन । शिर्ष नेताहरूको बैठक आ...

सहकारीको ठगी प्रकरण संसदीय छानबिन समितिको टीओआरमा सहमति खोज्दै

ताजा अपडेट
काठमाडौँ- सहकारीको ठगी प्रकरणमा गठन हुने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्गो लगाउन गठित कार्यदलको बैठक छलफल भएको छ । सिंहदरवारमा जारी बैठकमा नेपाली काँग्रेसले प्रस्ताव गरेको नयाँ विकल्पका बारेमा छलफल भएको बताइएको छ । संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराखे गोर्खा मिडिया नेटवर्क र उसले ऋण लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर ति सहकारीहरुमाथिको छानबिनलाई समितिको क्षेत्राधिकर भित्र पार्नु पर्ने प्रस्ताव काँग्रेसले गरेको छ । कार्यदल तहमा भएको छलफलको निष्कर्ष सहित हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीनदलका नेताहरुको बैठक पनि बसेको थियो । कार्यदलको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको भनिएका सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ । गृहमन्त्री संलग्न सहकारीबाट गोर्खा म...

मन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार

ताजा अपडेट
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहाँर पठाएका छन् । काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मेयर शाहले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर पुर्याएका हुन । ”माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्द...