काठमाडौं उपत्यकाको फोहोरको समस्यामा नयाँ व्यवस्थापन
काठमाडौं, साउन २३ गते । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।
पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहोर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहोर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।
उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहोरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।
योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहोर बञ्चरेडाँडा पु-याउँदा पटक–पटक समस्या आएकाले प...
