ताजा अपडेट

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ जना घाइते

ताजा अपडेट
इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ । इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ । यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ ।...
कच्चा तेलको मूल्य पाँच महिना यताकै न्यून बिन्दुमा

कच्चा तेलको मूल्य पाँच महिना यताकै न्यून बिन्दुमा

ताजा अपडेट
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ । नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै...

खुल्यो फेरी जापान जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

ताजा अपडेट
काठमाडौं । जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौंमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि बनाउने विषयमा छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणालीअन्तर्गत नेपालबाट कामदार उपलब्ध हुने विषयको जानकारी रोजगारदातालाई गराउने तथा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानको समसामयिक कानूनी व्यवस्था समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी गर्ने विषयमा छलफल भएको थियो । संयुक्त कार्यसमितिको तेस्रो बैठक जापानमा आयोजना गरिने दुवै पक्...
एउटै नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, क्लियरिङका लागि कार्यविधि बनाउँदै प्राधिकरण

एउटै नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, क्लियरिङका लागि कार्यविधि बनाउँदै प्राधिकरण

ताजा अपडेट
काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ का लागि आवश्यक एजेन्ट कम्पनीको कार्यविधिको बनाउने प्रक्रिया अघि बढाएको छ । यसअघि प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ तयार पारेको थियो । उक्त नियमावलीको मस्यौदाअनुसार एमएनपीको बोलकबोलबाट नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) सेवा प्रदायक र ग्राहकबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने एजेन्ट कम्पनीका लागि अनुमति प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त कम्पनीले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ । नियमावलीको सोही व्यवस्थाअनुसार एनपीसीका लागि आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दि...

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

ताजा अपडेट
सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।...
तारकेश्वरमा नागरिक सभाको अयोजना हुँदै:साझेदार बन्न सवै नागरिकलाई नर्थ काठमाडौ विकास अभियानको आग्रह

तारकेश्वरमा नागरिक सभाको अयोजना हुँदै:साझेदार बन्न सवै नागरिकलाई नर्थ काठमाडौ विकास अभियानको आग्रह

ताजा अपडेट
तारकेश्वर नगरपालिका मा आगामी असार ११ र १२ गते नर्थ काठमाण्डौ बिकाश अभियानको आयोजनामा नागरिक सभा हुने भएको छ । नागरिक लाई सबल बनाउदै नगर बिकास अभियान मा जोड्न नागरिक सभा हुन लागेको एक प्रेस बिज्ञप्ती सार्बजनिक गर्दै  जानकारी गराइएको हो । नागरिक सभाले समाजका सवै तप्काका प्रतिनिधित्व गर्ने नागरिकलाई जुटाइ एक अर्काबाट सिक्दै, सुन्दै र सरसल्लाह (प्रवचन र वादविवादबाट नभइ ) एवं सम्वादबाट नीतिगत सुझाव या सिफारिसहरुको संकलन गर्दै बढी प्रतिनिधिमूलक र समावेशी तवर बाट कार्य गरी नागरिक सभाको  कृयाकलाप बाट प्रत्येक नागरिकको प्रतिनिधिमूलक आवाज र विचार समेटी आफ्नो नगरको भविष्यआफै बनाउन सहयोग पुगोस् भन्ने सोच सहित यो सभाको अवधारणालाई अगाडि सारेको अभियानका अभियन्ता एबम संयोजक श्रीराम फुटुङ्गे ले बताउनु भयो । जनसरोकारका बिषय तथा नगरवासीका प्राथमिकता बारे नागरिक स्तरमा विचार विमर्श एबम अन्तरक्रिया गर्न साथै...
टोखा १ मा नव निर्वाचित जनप्रतिनिधिहरु द्वारा  पदभार ग्रहण

टोखा १ मा नव निर्वाचित जनप्रतिनिधिहरु द्वारा पदभार ग्रहण

ताजा अपडेट
काठमाडौँ, जेठ ९  ।  टोखा नगरपालिकाका वडा नम्बर १ का नव निर्वाचित जनप्रतिनिधि हरु ले आज पद वहाली गरेका छन् । हालै निर्वाचित वडा अध्यक्ष रमेश कुमार लामिछाने सहित को पाच सदस्यीय जनप्रतिनिधि हरुले यस कार्यकाल का लागि कार्यभार सम्हाल्दै आफ्नो पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण गर्ने जनप्रतिनिधिहरुमा वडा अध्यक्ष रमेश कुमार लामिछाने तथा सदस्य हरु क्रमसः राजकुमार बिडारी , बिजय तामाङ ,सुनिता अधिकारी काफ्ले र सुनिता श्रेस्ठ परियार रहेकी छन ।   स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरुले गत जेठ ६ गते पद तथा गोपनीयताको शपथ खाएका थिए ।         गत बैशाख ३० मा भएको निर्वाचन बाट वडा अध्यक्षमा रमेश कुमार  लामिछाने का साथै खुल्ला पुरुष सदस्य मा राजकुमार बिडारी र बिजय तामाङ तथा महिला सदस्य अन्तर्गत सुनिता अधिकारी काफ्ले एवं दलित महिला सदस्य अन्तर्गत  ...
टोखा नगरपालिका मेयरमा  प्रकाश अधिकारी पुनः निर्वाचित

टोखा नगरपालिका मेयरमा प्रकाश अधिकारी पुनः निर्वाचित

ताजा अपडेट
काठमाडौं, ४ जेठ ।  टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका  प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी रजनी थापालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि उनले  जित हासिल गरेका हुन् । निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली  कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन् । यसै गरि टोखा  नगरपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १३२ मत प्राप्त गर्दै एमालेकी उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । ज्ञानमायाले ९ हजार ५१८ मत प्राप्त  गरेकी छिन् । निर्वाचन बाट यस  अघि नै नगरपालिका भित्र का वडाका वडा अध्यक्षहरु  तथा  सदस्यहरु निर्वाचित भइ सकेका  छन  जसमा दुइ  वटा वडा मा नेपाली  कांग्रेस ले जित हासिल गरेको छ भने बाकी सबै नौ वटा वडा मा नेकपा एमाले ले जित हासिल गरेको छ...
मत बदर हुन सक्ने यी अवस्था हरु प्रति सचेत रहन आग्रह

मत बदर हुन सक्ने यी अवस्था हरु प्रति सचेत रहन आग्रह

ताजा अपडेट
स्थानीय तह सदस्यको निर्वाचन अहिले बिहान ७ बजे बाट देशभर नै  शुरु भै सकेको छ ।अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन मा निर्धक्क संग आफ्नो मताधिकार प्रयोग गर्न पाउनु  प्रत्येक नागरिक को अधिकार हो । आफ्नो मताधिकार प्रयोग गर्दै गर्दा ध्यान पुर्याइएन भने मत बदर हुन सक्छ भन्ने कुरा लाइ चै निस्चय नै ख्याल गर्नु पर्ने हुन्छ । यसै सन्दर्भमा  मत बदर हुन सक्ने यी ११ अवस्था हरु प्रति सचेत रहन   निर्वाचन  आयोगले आग्रह गरेको छ   मतपत्र बदर हुने अवस्थाहरु  : - सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, - औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको, - मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको, - उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङकेत गरिएको. - उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,...
करण जोहरको शोमा अल्लु अर्जुन र रश्मिका आउने

करण जोहरको शोमा अल्लु अर्जुन र रश्मिका आउने

ताजा अपडेट
मुम्बई : बलिउड निर्माता करण जोहरले आफ्नो टेलिभिजन शो 'कफी विथ करण'को सातौं संस्करण सञ्चालन गर्ने भएका छन्। तर यसपटक उनको शो टेलिभिजनमा नभई ओटीटी प्लेटफर्ममा आउने भएको छ। समाचारअनुसार उक्त शो डिजनी प्लस र हटस्टारमा आउने छ। यसपटकको संस्करणमा रणवीर सिंह र आलिया भट्ट आउने निश्चित भएको छ। त्यस्तै पुष्पा फिल्ममार्फत् विश्वव्यापी चर्चा कमाएका अल्लु अर्जुन र रश्मिका मन्दाना पनि शोमा देखिनेछन्। रणवीर र आलियाले आउँदै गरेको फिल्म रानीको प्रमोशन गर्ने बताइएको छ। करणले आफ्नो शोमार्फत् बलिउड सेलिब्रेटीहरुको व्यक्तिगत कुराहरु गरेर चर्चा कमाउने गर्छन्। यही शोमा गरिने अभिव्यक्तिका कारण हिरो हिरोइनहरु विवादीत समेत बन्ने गरेका छन्।...