त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा थप निर्माणकार्य जारी
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ, फागुन २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको धावनमार्ग छुने समानान्तर ट्याक्सीवे विस्तार गर्न लागिएको छ । विस्तारका लागि निर्माणको काम सुरु भएका कारण उत्तरी क्षेत्र (बौद्ध) बाट हुने जहाज अवतरणमा तीन महिना रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको हो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गको उत्तरी क्षेत्र (रनवे टु जिरो) मा ट्याक्सीवे जोड्ने काम गर्नुपर्ने भएकाले तीन महिनाका लागि जहाज अवतरणमा रोक लगाइएको हो । उहाँले भन्नुभयो, “धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर दक्षिण) जोड्ने ट्याक्सीवे विस्तार गर्न उत्तरी दिशाबाट हुने अवतरण रोक्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा सूचना ...





