
खोटाङ, २१ भदौ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको अध्यक्षमा राजनप्रसाद ढकाल चयन भएका छन् । भदौ २० गते काठमाडौंमा सम्पन्न पहिलो साधारणभाले ढकालको अध्यक्षतामा १७ सदस्यीय सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दैवलाल गिरी, उपाध्यक्षमा मीना राई, महा–सचिवमा लोकनाथ घिमिरे, सचिवमा राकेश खड्का र कोषाध्यक्षमा बच्चुराम भट्टराई चयन भएका छन् ।
सदस्यहरुमा सकुन खड्का, भरतप्रसाद घिमिरे, शिरोज घिमिरे, जानुका पोखरेल, सुवास खड्का, सुमन खतिवडा, कमला केसी, रविन खडका, रविना राया र दिलकुमारी प्रधान चयन भएका छन् ।
समाजको साधारणसभा पुर्वप्रधानाध्यापक गणेशप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । शैक्षिक उन्नयनका लागि बिक्रम संवत १९९० सालदेखि शैक्षिक गतिविधि सुरु गरिएको सिमपानी स्कुलमा २००६ सालदेखि औपचारिक रुपमा पठनपाठन सुरु गरिएको हो । हाल सो स्कुलमा सिमपानी क्याम्पस समेत सञ्चालन भइरहेको छ ।
सिमापानी स्कुल स्थापनाकालदेखि क्याम्पस स्थापना गर्न र संचालनकालागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भानुभक्त घिमिरे, काँशी राई, गणेशप्रसाद अधिकारी, डा. विष्णु राई, पर्शुराम कार्की, कमला कार्की, पदम विश्वकर्मा, दिपबहादुर थापा, कमल बुढाथोकी, बमप्रसाद पोखरेल, दलबहादुर खड्का, जगतबहादुर खडका, रमा राई र उत्तम कार्कीलाईलाई साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रममा सिमपानी माविमा अध्ययन गरेका पुर्व गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका सचिव पुस्कर सापकोटा, सह–सचिव कालीप्रसाद पराजुली, पूर्व प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, ध्रुवबहादुर खड्का, कृष्णबहादुर कट्वाल, अनोज घिमिरे, नरबहादुर खड्का, डा. विष्णु राई, पूर्व जिविस सभापति पर्शुराम कार्की, प्राध्यापक भवेन्द्रबहादुर खड्का लगायत करिब डेढ सयको उपस्थिति रहेको थियो ।
