
खोटाङ, १३ भदौ । नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतीलाई मध्यनजर गर्दै कांग्रेसको सम्पर्क समितिले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । सम्पर्क समितिका पुर्वअध्यक्ष काशीनाथ आचार्यको अध्यक्षतामा भदौ १३ गते बानेश्वरमा बसेको बैठकले महाविपत्तीको सामना गर्नका लागि राहत कोषमा रकम जम्मा गरेर हातेमालो गर्ने निर्णय गरेको हो । संकलन भएको रकम केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस खोटाङ प्रदेश (क) का क्षेत्रीय सचिव राजन भट्टराईले जानकारी दिए ।
बैठकमा राहत कोषमा रकम जम्मा गर्नका लागि कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति, गाउँ कार्य समिति तथा भातृ संगठनलाई अनुरोध गर्ने, बाढीका कारण रसुवा लगायतका जिल्लामा हराइरहेका नागरिकको खोज तथा उद्धार एवं राहतका लागि समन्वय गर्ने लगायतका निर्णय भएको छ ।
