आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् ।
त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ लाख ५० हज...
