चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने भएको छ । बीच बाटोमै भएको कारण उत्तरतिरबाट आउने र पुर्वतिरबाट आउने सवारी साधन चालकले नदेख्ने अबस्था थियो । आज बसेको बजार बिकास तथा ब्यबस्थापन समितिको बैठकले बजारमा रहेको पार्कभित्र नयाँ प्रहरी बिटको निमार्ण गर्ने निर्णय गर्दै स्थानीइ मोती श्रेष्ठको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति पनि गठन गरेको छ । समितिमा सचिवमा गोबिन्द थापा, कोषाध्यक्षमा सिर्जना राई र सदस्यहरुमा तेजनारायण शाह, सुरेन्द्र ल्वागुन, ईन्द्यिरा गेलाल र राम प्रसाद साह रहेका छन् । त्यस्तै निमार्ण कार्यको अनुगमन गर्न बजार बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जराको संयोजनमा समिति सदस्यहरु दुर्भराज राई, साबित्रा खड्का बस्नेत र भिम बहादुर परियार रहेको अनुगमन समिति पनि निमार्ण गरेको छ ।
...
