माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल स्मार्ट मा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ ।
उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन...
