जिल्ला न्यायाधीशको परीक्षा : ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे पुग्ने व्यवस्था गर्न संसदीय समितिमा सहमति जुटेको छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले न्याय सेवा आयोग ऐनको दफा १३ (४) मा सरकारले गरेको संशोधन प्रस्ताव स्वीकार गर्दै सो व्यवस्था गरेको हो । उक्त सहमति सङ्घीय संसद्का दुवै सदनले स्वीकार गरेर पारित भएमा विद्यमान व्यवस्था परिमार्जन हुने छ ।
हालको उत्तीर्ण प्रतिशत र पाठ्यक्रम अनुसार परीक्षामा सहभागी अधिकांश असफल हुँदै आएको भन्दै न्याय सेवाको समेत सुझावका आधारमा सरकारले उक्त संशोधन अघि बढाएको थियो । रिक्तमध्ये ४० प्रतिशत जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था संविधानमा छ । गत भदौमा प्रकाशित जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्र उम्मेदवार ...



