नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले आगामी प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी जनाएको छ । नेपाल थारु संघले हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै उदयपुर क्षेत्र नम्बर एकमा थारुहरुको जनसंख्या करिव एक तिहाई रहेको भएता पनि नेपाली कांग्रेस केन्दीय समितिबाट प्रतिनीधि सभा र प्रदेश सभाको गत निर्वाचनबाटै थारु उम्म्ेदवारहरुको नाम समानुपातिक र प्रत्यक्षतर्फ नसमेटिएको देखिएकोले थारु मतदाताप्रति राजनीतिक बिभेद, सामाजिक बिभेद र अन्याय गरेको ठहर गर्दै संघ र प्रदेशको समानुपातिक तर्फको बन्दसुचीमा थारु उम्मेदवारहरुको नाम समाबेश गरेर सुची सच्याउन आग्रह गरेको छ । यस्तै संघले उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा डाक्टर भोगेन्द्र चौधरी र प्रदेश सभा १ ख मा प्रत्यक्षतर्फ देवीकुमारी चौधरीलाई टिकट दिन पनि माग गरेको छ ।...
