एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ ।
विश्व खाद्य कार्यक्रम (एब्लुएफओ) का अनुसार एसियामा कुपोषणबाट प्रभावितको संख्या सन् २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ । यस्तै, कुपोषणको दर ७ दशमलब ९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । एसियाको कूल कुपोषित जनसंख्यामध्ये ८९ प्रतिशत दक्षिण एसियामा रहेको डब्लूएफओले जनाएको छ ।
एफएओको अनुसार नेपालमा सन् २०१७ देखि २०१९ अवधिमा कुपोषणको दर ४ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०१८ देखि २०२० मा ४ दशमलब ८ प्रतिशत पुगेको छ । यस्तै, सोही अवधिमा दक्षिण एसियाका अर्को राष्ट्र अफगानिस्तानमा कुपोषण दर २३ दशमलब ४ प्रतिशतबाट बढेर २५ दशम...
