राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेश
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रंंमाणीकरण नगरेर संविधान उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
अधिवक्ता डा. सुनिलरञ्जन सिंहसमेतले पेश गरेको रिट बुधबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरुले विहीबार निवेदन दर्ता हुने आश्वासन दिएको उनले बताए ।
रिटमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८(१), ६६(१), १११ र ११३(४) को गम्भीर उल्लंघन गरेको दावी गरिएको छ ।
निवेदनमा विधेयक प्रमाणीकरण नगरेकाले योग्य नेपालीले नागरिकता नपाई संविधानको धारा ११ उल्लंघन भएको दावी गरिएको छ । संविधानको धारा १० मा कुनैपनि योग्य व्यक्तिलाई नागरिकताको अधिकारबाट वञ्चित नगरिने उल्लेख छ ।
संविधानको धारा १२, १३ र १४ मा समेत नागरिकताका प्रावधानहरु छन् । विधेयक प्रमाणीकरण नहुँदा संविधानमा उल्लेख भए...
