जोतिरहेको हल गोरु चट्याङले ठहरै

खोटाङ, ६ भदौ । चट्याङले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा हल गोरु मारिएको छ । भदौ ६ गते साँझ वर्षासँगै परेको चट्याङले साविक सल्ले–९ तल्लो चिचिङ्गाका ५४ वर्षीय दिलकुमार राई ‘रैलेम्पा’को हल गोरु मारिएको हो । राईले बारीमा जोतिरहेकोबेला चट्याङ पर्दा हल गोरु घटनास्थलमै मारिएका हुन् । चट्याङका कारण राई आधा घण्टा बेहोस बनेको स्थानीय सन्तोष श्रेष्ठले जानकारी दिए ।

गोरुलाई होराउन लागेकोबेला नजिकैको रुखमा चट्याङ परेको थियो । चट्याङले चोइटिएको रुख उछिट्टिएर बारीमा आइपुगेको थियो । घाइते राई नगरपालिकाले नियुक्त गरेको सडक हेरालु पनि हुन् । चप्पल लगाएका कारण राईको ज्यान जोगिएको स्थानीयले बताएका छन् ।