गुल्मीको जंगलमा महिलाको शव भेटियो
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
गुल्मीको इस्मा गाउँपालिका– १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ ।
शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए । शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए ।
शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए । शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।...
