आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज ...
