प्यूठानमा जीप दुर्घटना तीन जनाको मृत्यु, १६ जना घाइते
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका–६ मा अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय लुकेश थापासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै, १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।...
