दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले ’निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते , अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको बताएका छन् ।
उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको र एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको आरोप लगाएका छन् । यस्तैे मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको मुख्यमन्त्री राईको भनाई छ ।...
