
खोटाङ, २२ असार । झट्ट सुन्दा लाग्छ, लेखपढ नगरेको आमालेभन्दा पढेलेखेको आमाले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउँछन् तर तथ्य त्यस्तो छैन । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार धेरै पढेका नेपाली आमालेभन्दा कम पढेका आमाले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । आमाको दुधलाई प्रतिष्थापन पर्ने वस्तु (विक्री वितरण) ऐन, २०४९ तथा नियमावली, २०५१ को सन्दर्भमा स्वास्थ्य कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रममा समेत यस विषयमा चर्चा भएको छ ।
असार २२ गते आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले देशभरका मावि तह अध्ययन गरेका ५३ प्रतिशत आमाले पूर्ण स्तनपान गराएको जानकारी दिए । यस्तै, आधारभुत शिक्षा अध्ययन गरेका ६१ प्रतिशत र शिक्षा नभएका ५९ प्रतिशत आमाले पूर्णरुपमा स्तनपान गराएको तथ्यांक वारे चर्चा गरिएको छ । वच्चाले जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र पिउन पाउनुलाई पूर्ण स्तनपान भनिन्छ । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
