
खोटाङ, २९ साउन । नागरिकलाई सहुलियतमा उपचार दिलाउनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाले दुई अस्पतालसँग सम्झौता गरेको छ । बिरामी परेका आफ्नो नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदानका लागि गाउँपालिकाले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरसँग सम्झौता गरेको हो ।
गाउँपालिकाभित्रका बिरामीलाई सहुलियतमा उपचार सेवा उपलव्ध गराउनका लागि साउन २६ गते एक वर्षका लागि दुई अस्पतालसँग सम्झौता गरिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । (विस्तृत समाचार Views Of Nepal को पेजमा प्रकाशित छ ।)
