‘खोटाङ्गे जनताले कहिलेसम्म भोग्ने यो दुःख ?’
खोटाङ, १२ भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कट्वालले खोटाङमा सुविधा सम्पन्न अस्पताल बन्न नसकेकोमा नेतृत्वमाथि औंला ठड्याएका छन् । बिरामी परेको अवस्थामा हेलीकोप्टर चार्टर गरेर अस्पताल जानुपर्ने वाध्यता अन्त्या नभएको भन्दै कट्वालले सामाजिक सञ्जालमार्फत जिल्लाका नेतृत्वमाथि प्रश्न गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ घर भएका कट्वालले सुविधा सम्पन्न अस्पताल बनाउने नेता, कर्मचारी र व्यवसायी जन्मिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् । भदौ १२ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ९३ वर्षीय पर्शुराज राईलाई हेलीकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।
सोही हेलीकोप्टरको तस्बीर पोष्ट गर्दै कटवालले पैसा नभएका जनताले अकालमै मरिरहनुपरेको उल्लेख गरेका छन् । ‘खोटाङ्गे जनताले कहिलेसम्म भोग्छन् यो दुःख ? यो माटोले के नजन्माएकै हो त सही नेता वा ...








