ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठानकै कर्मचारीबाट शाहमाथि आक्रमण भएको थियो ।
महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. शाह ड्युटीमा रहेको अवस्थामा आकस्मिक कक्षमै हातपात गरी गम्भीर घाइते बनाइनु अत्यन्तै लज्जास्पद घटना भएको बताएका छन् । ‘ हालै जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न यस सङ्घ जोडदार माग गर्दछ । अस्पताल प्रशासनले समेत ४५ दिनका लागि निजलाई निलम्बन गरेको ब्यहोरा अवगत गराउँदै यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गरी आगामी दिनमा यस प्रकारका घटनाहरू नघट्ने वातावरणको सुनिश्चितता प्रदान गर...
