गैर आवासीय नेपाली युवाको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
बुटवल- गैर आवासीय नेपाली युवाको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिएको छ ।
अष्ट्रेलियामा आफूले गरेको कमाइबाट गुल्मीका विनोद कुँवरले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गर्नुभएको हो ।
उहाँले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरेर खेल सञ्चालन गर्ने तयारी गरेको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
गएको जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशालामा उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने तयारी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले जानकारी दिनुभयो ।
श्रीमती सदिक्षासहित अष्ट्रेलियामा बस्दै आउनु भएका कुँवरले तिलोत्तमा नगरपालिका वडा नं १७ मा ४० करोड रूपैयाँभन्दा बढी लगानीमा रंगशाला निर्माण गरेको र खेल्न तयार भए पनि अझै भौतिक निर्माण बाँकी रहेको बताउनुभयो ।
मैदान उद्घाटनको दिन चार टोलीबीच तिलोत्...




