बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी छिन् ।
भारतको गुहाटीमा आगामी सेप्टेम्बर २६ देखी ३० तारिखसम्म आयोजना हुने साउथ एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप प्रतियोगिता २०२२ का लागि चौदण्डीगढी नगरपालिकाकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।
केही समय अघि भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ब्याडमिन्टन खेलको प्रदेश नम्बर १ को छनौटमा पनि उनी पर्न सफल भएकी थिईन् । बेल्टार ब्याडमिन्टन एकेडेमीकी खेलाडी रहेकी राईलाई हिजो एक कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । बिदाई कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , बेल्टार ब्याडमिन्टन एकेडेमीका प्रशिक्षक भेष बहादुर मगर, समाजसेवी उर्मिला राई लगायतको सहभागिता रहेको थियो ।...
