चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टाेलिले धारिलो हतियार देखाई मनि ट्रान्सफरमा डाँका गर्ने एक जनालाई पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा फनपार्क नजिक पूर्ण शंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरमा डाँका गर्ने नवलपरासी बर्दघाट सुस्ता पुर्व घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १६ मा डेरा गरी बस्ने ४२ बर्षीया मिनमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
आरोपित सुनारले (आइतबार) दिउँसो एक बजेको समयमा मनि ट्रान्सफरको कोठाभित्र गई धारिलो हतियार दाउ जस्तो देखिने फलाम देखाई काउन्टरमा बसिरहेकी कर्मचारीहरुलाई डरत्रास देखाउदै ज्यान मार्ने धम्की समेत दिइ नगद दुई लाख चार हजार दुई सय पचास रुपैयाँ जबरजस्ती डाँका गरी लुटी फरार भएका थिए ।
मनि ट्रान्सर्फर लुटिएको सूचना पाउने बित्त...
