बीमा समितिभन्दा बलियो बन्नेछ बीमा प्राधिकरण
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
संघिय संसद प्रतिनिधिसभामा पेश भएको ४ वर्षपछि बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (बीमा विधियेक २०७९) पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधयेक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा जानेछ ।
बीमा विधेयक पारित भएसँगै बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नभई बीमा प्राधिकरण बन्नेछ । नियामकीय निकाय भएपनि अर्थमन्त्रालयका कुनै एउटा विभागको जस्तो भूमिका निभाउँदै आएको समितिलाई बीमा ऐनले नियामकीय अधिकार थप गर्दै स्वायत्तता प्रदान गरेको अर्थमन्त्री जनादर्न शर्माले संसदमा नै बताए ।
प्रतिनिधिसभाबाट पारित भएको बीमा ऐनले प्राधिकरणको कार्यकारी अधिकारको भूमिकामा रहने अध्यक्षको नियुक्त प्रक्रियाबाट नयाँ व्यवस्था गरेको छ । बीमा व्यवसायमा विशेष ज्ञान भएको कुनै व्यक्तिलाई नेपाल सरकारले अध्यक्षको पदमा नियुक्त गर्न वा तोक्न सक्ने व्य...
