संगीत

सरकारद्वारा थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ । सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो । अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।...
विभिन्न क्षेत्रका १० जना महिलालाई मोतीदेवी स्मृति केन्द्रको सम्मान ।

विभिन्न क्षेत्रका १० जना महिलालाई मोतीदेवी स्मृति केन्द्रको सम्मान ।

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
फागुन २६, काठमाडौँ । मोतीदेवी स्मृति केन्द्रले विभिन्न क्षेत्रमा क्रियाशील ११ जना महिलालाई ’प्रेरणादायी महिला’ को रुपमा सम्मान’ गरेको छ । एकसय चौबिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँमा एक कार्यक्रमबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष समेत रहनु भएकी मोती स्मृति केन्द्रका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उहाँहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा बौद्ध धर्मकी अध्येता धम्मावती गुरुमाँ, अर्थशास्त्री डा. मीना आचार्य, समाजसेवी साबित्री थापा, उद्यमी शान्ति चड्डा, राजनीतिज्ञ सोनाम छेजुङ लामा, मानव बेचबिखन विरुद्धकी अभियानकर्मी चरिमाया तामाङ हुनुहुन्छ ।त्यसैगरी सिरहाकी सामाजिक अभियानकर्मी सोनिया सदा, लामो दुरीको रात्रिबस चालक रेबिका थापा, नेचर गाइड तथा वाइल्डलाइफ फोटोग्राफर विमिता भण्डारी र, गाउँकी डाक्टर भनेर चिनिने नर्स तुलसी शाही सम्मानित हुनुभएको हो । के...

गुगल डक्सले हातैले लेख्न सकिने फिचर थप्दै

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
अब  गुगल डक्समा हातैले लेख्न सकिने फिचर थपिने  भएको छ । हालसालै एक ब्लगपोस्ट मार्फत गुगलले डक्सले  हातैले लेख्न सकिने फिचर सहित आउन लागेको जानकारी दिएको हो । डक्समा यो फिचर उपलब्ध भएपछि कागजमा कलमले लेखेजस्तै लेख्न सकिने छ । त्यसो हुँदा डक्सको कुनै पनि फाइलमा प्रयोगकर्ताले लेख्न आफ्नो औंला अथवा स्टाइलस (स्क्रिनमा लेख्न प्रयोग गरिने कलम जस्तो डिभाइस) प्रयोग गर्न सक्नेछन् । तर यो फिचर एन्ड्रोइड ट्याबलेट र स्मार्टफोनमा मात्र प्रयोग गर्न सकिने गुगलको भनाइ छ । यस फिचरअन्तर्गत विभिन्न प्रकारका कलम, हाइलाइटर र इरेजर समावेश छन् । साथै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको रङ्ग प्रयोग गर्न सक्नेछन् । तर त्यसरी लेखिएका अक्षरहरूलाई टेक्स्टमा रूपान्तरण गर्ने फिचर भने यसमा समावेश गरिएको छैन । गुगल डक्समा आएको यो फिचर भने यसअघि नै एप्पलले उपलब्ध गराइसकेको छ । एप्पल पेन्सिल प्रयोगकर्ताले आईप्याड लगायतका ...
एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउदै

एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउदै

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू को द्रुततर बिकाश भैरहेको बेलामा  एप्पलले भने  म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउन लागेको छ । गत वर्ष एप्पलका इन्जिनियरले एयरपड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए । अब सार्वजनिक हुने नयाँ एयरपड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेकाे छ । त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गर्नेछ । अहिले यो प्रविधि विकासकै क्रममा भएकाले कहिले सार्वजनिक हुन्छ भन्ने विषय खुलेको छैन ।...

बाख्रा फार्ममा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरे

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० मा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरेका छन ।स्थानीय विनोद खड्काको बाख्रा फार्ममा गएराति करिव १२ बजेतिर लागेको आगोले फार्ममा पालिएका १३ वटा बोकासहित २ सय ४० वटा बाख्रा जलेका हुन । जलेका सबै बाख्रा उन्नत बोयर जातको भएको फार्म सञ्चालक खड्काले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।खड्काले बनाएको आधुनिक फार्ममा लागेको आगोले २० देखि २५ मिनेटमै सबै बाख्रा खरानी भएका थिए । उनको खोर ९० मिटर लामो थियो । आगो लागेपछि एउटा बोकासहित १५ वटा बाख्रालाई भने खोरबाट निकालिएको थियो । ती बाख्राहरु पनि जलेर घाइते भएका छन ।खड्काका अनुसार आगोलागिबाट करिब २ करोड रुपैँया बराबरको क्षति भएको छ । उनले यो फार्म ६ बर्षदेख संचालन गर्दै आएका थिए ।आधुनिक ट्रस्ट राखेर बनाइएको यो बाख्रा फार्म सिन्धुपाल्चोक...

सचेतनाका कार्यक्रमका सहित विश्व डाउन सिनड्रोम दिवस मनाउँदै डाउन सिनड्रोम समाज नेपाल

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
  डाउन सिनड्रोम समाज नेपालले संयुक्त राष्ट्र सङ्घले तय गरेको ‘डाउन सिनड्रोम अवस्था प्रतिको परम्परागत नकारात्मक सोचको अन्त्य गरौँ’  भन्ने नारा सहित १३ औ अन्तर्राष्ट्रिय विश्व डाउन सिनड्रोम दिवस मनाउँदै छ । दिवसका अवसरमा डाउन सिनड्रोमबारे जानकारीमूलक अन्तरक्रिया,खेलकुद,नृत्य जस्ता रचनात्मक कार्यक्रम समेत आयोजना गरिने आयोजकले बताएका छन् । डाउन सिनड्रोम समाज नेपालले १३ औ विश्व डाउन सिनड्रोम दिवसका अवसरमा मार्च १० तारिका दिन अर्थात् फागुन २६ गते समावेशी सांस्कृतिक साँझ को आयोजना गर्दै छ ।यसै गरि  मार्च २१ अर्थात  चैत ८ गते विश्व डाउन सिनड्रोम दिवसको अवसरमा पहिलो युवा सम्मेलन र मार्च २९ तारिकमा डाउन सिनड्रोम अपाङ्गता भएका बालबालिकाहरू सहित आउट डोर लगायतका कार्यक्रमहरूको आयोजना गरिने डाउन सिनड्रोम समाज नेपालकी अध्यक्ष एवं अभिभावक शिला थापाले बताइन् । डाउन सिनड्रोम अपाङ्गताको विषयमा जनचे...
व्यापक  हिमपात का कारण जोमसोममा यातायात र हवाई उडान अवरुद्ध

व्यापक हिमपात का कारण जोमसोममा यातायात र हवाई उडान अवरुद्ध

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
म्याग्दी– शनिवारदेखि मौसममा आएको परिवर्तनले मुस्ताङमा पनि हिमपात भएपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत छुसाङदेखि माथि सडकमा बाक्लो हिउँ जमेका कारण उपल्लो मुस्ताङ जाने सवारीसाधन बीच बाटोबाटै फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातको कारण सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङका लागि छुटेका सवारीसाधन छुसाङदेखि माथि जान नसकेको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङ जाने सवारीसाधनहरु केही छुसाङमै रोकिएका छन्भने कतिपय सवारीसाधन मुक्तिनाथ र जोमसोमतर्फ फर्किएका छन् । यसैगरी मुक्तिनाथको झारकोटमा पनि हिउँ जमेको हुँदा ठूला गाडी मुक्तिनाथ जान सकेका छैनन् । मुस्ताङको छुसाङदेखि माथि सडकमा १ फिटसम्म हिउँ जमेको प्रहरीले जनाएको छ । अहिले मुस्ताङको लोमान्थाङ, मुक्तिनाथ, छोसेर, चराङ, घमी र सुर्खाङलगायत क्षेत...
मार्च १ तारिखदेखि प्रिमनसुन सुरु,आज देशभर बदलीका साथ वर्षा

मार्च १ तारिखदेखि प्रिमनसुन सुरु,आज देशभर बदलीका साथ वर्षा

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ, फागुन २० गते। सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आइतबार कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू-भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो। मौसमविद् पुडासैनीले भन्नुभयो, “मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो। आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ।” प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ। मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ। नेपालमा सामान्यतया: मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष क...
बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन

बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
नेपालगन्ज, फागुन २० । पश्चिम नेपालका तीन वटा प्रदेशका क्षयरोगका बिरामीलाई लक्षित गरेर बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ । बाँकेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको हो । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ । ढिकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी सुरु भएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो । उहाँले क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र विद्यालयल...
पीपीआर रोगविरुद्ध बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा खोप लगाइयो

पीपीआर रोगविरुद्ध बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा खोप लगाइयो

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
हेटौँडा, फागुन २० गते । भेडा, बाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान अन्तर्गत बागमती प्रदेशमा साढे पाँच लाख बाख्रामा खोप लगाइएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साताव्यापी खोप अभियान अन्तर्गत शनिबारसम्ममा पाँच १ लाख ४० हजार ८१ वटा प्रदेशको १३ जिल्लामा गरी बाख्रामा पीपीआर रोगविरुद्धको खोप लगाइएको हो । मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बुधबारदेखि सुरुभएको पीपीआर रोगविरुद्धको खोप अभियान अन्तर्गत प्रदेशभित्र भेडा–बाख्रालाई लगाउन पीपीआर रोगविरुद्धको १५ लाख ९४ हजार खोपको मात्रा उपलब्ध भएको छ ।सङ्घीय सरकारमार्फत प्राप्त खोपको मात्राले हाल प्रदेशभित्र किसानले पाल्दै आएको भेडा–बाख्रामध्ये ५८.४२ प्रतिशतलाई मात्र पीपीआर रोगविरुद्धको खोप पुग्ने भएको छ । यस प्रदेशमा किसानले २६ लाख ७७ हजार २७५ भेडा, बाख्रा पालन गर्दै आएको मन्त्रालयको तथ्याङ्क छ । यस प्रदेशमा हालसम्म सब...