भ्रष्टाचार मुद्धामा तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनालाई सफाइ

खोटाङ, १० चैत । भ्रष्टाचार मुद्धामा मुछिएका खोटाङका तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित जनता माविको भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्धा दायर गरिएका तत्कालिन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं र गणेशप्रसाद भट्टराई, तत्कालिन जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालिन लेखापाल सुरेशकुमार श्रेष्ठ, तत्कालिन विव्यास अध्यक्ष चर्चबहादुर विश्वकर्मा र बबेन्द्र राईले सफाइ पाएका हुन् ।

जनता माविको चार कोठे भवन निर्माणका क्रममा साँढे ३० लाख अनियमितता गरेको भन्दै अख्तियारले गत असोज २६ गते वडाध्यक्ष राई सहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो । (विस्तृत भिडियो समाचार Views Of Nepal TV पेजमा प्रकाशित छ ।)