समाज

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई घाइते

ताजा अपडेट, मुख्य खबर, समाज
खोटाङ, १३ कात्तिक । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा दुई जना घाइते भएका छन् । रावाबेँसी गाउँपालिका–५ दुबेकोलको गट्टीडाँडामा कात्तिक १३ गते दिउँसो प्र.२.०१.००१ त १०९५ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरका चालक २० वर्षका जीवन पाण्डे र स्थानीय नौ वर्षका अतित परियार घाइते भएका हुन् । घाइतेहरुको रावाबेँसी गाउँ अस्पताल हरमटारमा उपचार भइरहेको छ । ट्याक्टर ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ ।...

बोझेओढारको गुफा जाने सिँढीमा झरेको पहिरो पन्छाइयो

ताजा अपडेट, समाचार, समाज
खोटाङ, ८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडरहेको सिमानामा पर्ने बोझेओढारस्थित गुफा जाने बाटोमा झरेको पहिरो पन्छाइएको छ । कर्णेश्वर महादेव तथा जय विश्वकर्मा बाबा मन्दिरबाट गुफासम्म जाने बाटोमा झरेको पहिरो स्थानीय युवा नवराज घतानीको नेतृत्वमा कात्तिक ८ गते पन्छाइएको हो । गत असोज १२ गतेको भारी वर्षाका कारण बोझेओढारको गुफा जाने सिँढीमा पहिरो झरेको थियो । पहिरो झरेपछि स्थानीयलाई गुफा जान–आउन कठिन भइरहेको थियो । गुफा जाने बाटोमा झरेको पहिरोको अवरोध श्रमदान जुटाएर हटाइएको अगुवा घतानीले जानकारी दिए । गुफा जाने बाटो मर्मतका क्रममा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष महेश अधिकारी लगायतले श्रमदान गरेका थिए । बाटो मर्मत गर्न बोझेओढार व्यवस्थापन समितिले पनि सहयोग गरेको थियो । बोझेओढार धार्मिक तथा पर्यटीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिन्छ । गुफा ...

ठाउँ–ठाउँमा पहिरो खसेपछि हलेसी–जयराम सडक अवरुद्ध

ताजा अपडेट, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
खोटाङ, १८ असोज । खोटाङ, १८ असोज । ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने हलेसी–जयराम सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले जेसिभि प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । दशैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातभर अलपत्र परेका थिए । करिब ३ बजेसम्ममा पहिरो पन्छाइसकेर सडक सुचारु गराइने इलाका प्रहरी...

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, समाज
काठमाडौं, १७ असोज । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा बिहीबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो । दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले जानकारी दिए । खुर्कोट–घुर्म...

छोराछोरी विदेश पठाउने २१ प्रतिशत ज्येष्ठ नागरिक एक्लोपन: अध्ययन

ताजा अपडेट, मुख्य खबर, समाज
काठमाडौं, १७ असोज । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुकाबीचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७ प्रतिशत व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखियो । १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशत उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशत मा शून्य देखियो । हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरुले हीनताबोध गरेका हुन् । यसैकारण उनीहरुमा एक्लोपना र निराशा देखिएको, अध्ययनले देखाएको छ । महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गरेको अध्य...

क्रसर र ढुंगाखानीका कारण रोशी र पनौती तहसनहस

मुख्य खबर, समाज
काठमाडौं, १७ असोज । क्रसर र ढुंगाखानीले थिलथिलो बनाएका भीरपाखा दुई दिन लगातार परेको झरीले पग्लिएर पहिरो र बाढी आउँदा रोशी र पनौतीका बासिन्दाले जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ। असोज पहिलो सातासम्म काभ्रेपलान्चोकको रोशी र पनौतीका बासिन्दा रोशी खोला वारपार गरिरहेका थिए। चर्को घाममा कतिपय त खोलामै नुहाइधुवाइ पनि गरिरहेका थिए। रोशीले घरखेत नै बगाउला भन्ने कल्पना नै गरेका थिएनन्, किनकि पानी थोरै थियो। तर रोशी खोला उस्तै रहेन। दुईदिने झरीमा उर्लिएर आएको रोशीले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती बगायो। घरखेत बगरमा परिणत भए। जनधनको ठूलो क्षति भयो। “रोशी खोला छेउछाउका कैयौं बस्ती सखाप भएका छन्। घरखेत, विद्यालय, पक्की पुल बगेका छन्,” रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा भन्छन्, “क्षतिको विवरण संकलन गरिरहेका छौं, सबै ठाउँमा पुग्न भने सकेका छैनौं।” असोज १० गते रातिबाट वर्षा शुरू भ...
आज बाट सोह्र श्राद्ध शुरु ,पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा सोह्रश्राद्ध गर्नेहरुको घुइँचो

आज बाट सोह्र श्राद्ध शुरु ,पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा सोह्रश्राद्ध गर्नेहरुको घुइँचो

पर्यटन, शिक्षा, समाज, स्थानीय
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणब...
आज आधिकांश स्थानमा  मौसम सफा रहने :मौसम विज्ञान विभाग

आज आधिकांश स्थानमा मौसम सफा रहने :मौसम विज्ञान विभाग

ताजा अपडेट, पर्यटन, मुख्य खबर, समाज, स्थानीय, स्वास्थ्य
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी ...

बालश्रममा परेका बालबालिकाको उद्धार र रेखदेखमा जुट्दै एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

अर्थ, ताजा अपडेट, शिक्षा, समाज
काठमाडौँ, सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठाइएको छ । कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो साामजीक सञ्जालमा भाइरल भएपछि महानगरले उसलाई उद्धार गरेको थियो ।पढाइ छोडेर कामको लागि काठमााडौँ आएका कविन्द्र भन्छन् ‘एस्थर बेन्जामेनमा आएपछि छोडेको पढाइलाई फेरी निरन्तरता दिन पाए ।’ त्यसतै भोजपुरका १४ वर्षिय सोनाम गुरुङ्गतीन जना साथीसँग काम गरेर जीविकोपार्जन गर्न काठमाडौं आएका थिए । ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरिएको थियो । उद्धार पछि उनलाई पनि ललितपुर महानगरले एस्थर बेन...

बैंकिङ कसूर तथा सजाय ऐन लाई संशोधन गर्ने विधेयक माथि अर्थसमितिमा छलफल

अर्थ, ताजा अपडेट, समाज
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका छन् । सांसदहरु ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, डा तोसिमा कार्की, रोशन कार्की, बिमला सुवेदी, दुर्गा राई, भगवती चौधरी, ठाकुरप्रसाद गैरे, दामोदर पौडेल बैरागीलगायतले संशोधन प्रस्ताव राख्नुभएको छ । त्यस्तै चन्द्रबहादुर विश्वकर्मा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, सुनिलकुमार शर्मा, पदम गिरी, महेशकुमार बतौला, सोविता गौतम, प्रेम सुवालको पनि संशोधन प्रस्ताव परेको छ । सांसदहरु सुशीला थिङ र रमा कोइराला पौडयाल तथा विद्या भट्टराई, ईश्वरी घर्ती, सरिता भुसाल, सरस्वती सुब्बा र दीपा शर्माले संयुक्त रुपमा संशोधन प्रस्ताव हाल्नुभएको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरु दुर्गा राई, श्यामकुमार घ...