
काठमाडौं, १७ जेठ । चर्चित गायक राजेश पायल राईले गाएको ‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । दुई वर्षअघि राईले गाएको गीतलाई पुःन पछिल्लो पुस्ताकी लोकप्रीय गायीका सुनिता थेगिमको स्वरमा सार्वजनिक गरिएको हो । गीतको फिमेल भर्सनको भिडियो यूटुवमार्फत सार्वजनिक गरिएको छ । सो गीतलाई गायीका थेगिमले केही फरक शैलीमा गाएकी छन् ।
गीतकार बिकास संगम राईले लेखेको तथा बिक्रम राईको संगीत रहेको गीतको भिडियोमा बिकास राई, चाहना मगर, चर्चित कलाकार श्याम राई र कबिता आले मगर लगायतको अभिनय रहेको छ । सशक्त अभिनय र उत्कृष्ट निर्देशन रहेको भिडियो मकवानपुरको चित्लाङ्गमा छायाङ्कन गरिएको हो । पहिलो संस्करणमा सबैको मन मुटुमा बस्न सफल गीतको दोश्रो संस्करणले पनि सबैको मन जित्ने अपेक्षा गरिएको छ ।
कथा निर्देशन कुशुम लत्ता राईको रहेको भिडियो रौरभ लामाले चिखेका हुन् । गीतको एरेञ्जर राजु कार्की छन् । संगीतकार राई दिवंगत भइसकेका छन् ।
भिडियो-
