‘हेलो हाई नमस्कार’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २६ चैत । गायीका मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्रजयपाल राईको शब्द तथा डि आर अटुको संगीत रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । यु–टुवमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मायाँ र प्रेमका भावहरुलाई समेटिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन रहेको गीतमा पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतमा सोनम तामाङ र सन्जना गुरुङको फिचरिङ रहेको छ । भिडियो-