
खोटाङ, १८ पुस । तस्बीर पुस १७ गते शुभम फाउण्डेसनको प्रांगणमा देखिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको आधारभुत तह र मावि तहका विव्यास अध्यक्ष तथा प्रधानाध्यपकहरुको एक दिवसीय कार्यशालाको सन्दर्भमा यसरी संयुक्त रुपमा पिटी खेलाइएको हो ।
नगरभित्रका मावि र आधारभुत तहका विव्यास अध्यक्ष र प्रधानाध्यपकले विद्यार्थीसँगै उभिएर पिटी खेलेका छन् । उमेरले सात दशक पुगिसकेका विव्यास अध्यक्षले समेत विद्यार्थीसँग लय मिलाएर पिटी खेलेको दृश्या कम रोचक थिएन ।
विद्यालय व्यवस्थापन सुधार, शैक्षिक गतिविधि सुधार एवं शैक्षिक उन्नयनमा अभिभावकको सहभागीता अभिवृद्धिका लागि नगरपालिकाले पुस १६ गते प्रावि तह तथा पुस १७ गते आधारभु र मावि तहका विव्यास अध्यक्ष र प्रअका लागि कार्यशाला गरेको हो । कार्यशालामा प्रवेश गर्नुअघि विव्यास अध्यक्ष र प्रधानाध्यपकलाई विद्यार्थीसँगै उभ्याएर पिटी खेलाइएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यशालामा शैक्षिक अभियान्ता अभिशेक घिमिरेले सहजीकरण गरेका थिए । सो कार्यशाला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले उद्घाटन गरेका थिए ।
सामुदायीक विद्यालयलाई व्यवस्थित गर्न समुदायको सक्रियता र अगुवाई अभिवृद्धिका लागि कार्यशाला आयोजना गरिएको नगरपालिकाद्धारा गठित शैक्षिक सुधार कार्यदलका संयोजक सुर्य राईले बताए ।
