
खोटाङ, ११ भदौ । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काज किरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि काज किरिया सुरु गरिएको हो ।
रुसी सेनामा भर्ती हुने भन्दै दुबईबाट २०८० असोज १५ गते रुस गएका क्षितिजको रुस–युक्रेन युद्धमा २०८० कात्तिक ६ गते मृत्यु भएको थियो । दुबईमा सेक्युरिटी गार्डको काम गरिरहेका क्षितिज आकर्षक तलव पाइने आशामा रुसी सेनामा भर्ती हुन रुस गएका थिए । रुसी सेनामा भर्ती भएको करिब तीन हप्तामै क्षितिजले ज्यान गुमाएको छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले बताए ।
क्षितिजकी श्रीमती भीमकला आचार्य र ११ वर्षका छोरा आदित बस्नेत सामाजिक परम्परा अनुसार काज किरियामा बसेका छन् । भीमकला रुस पुगेर काठमाडौं हुँदै भदौ १० गते घर आइपुगे लगत्तै काजकिरिया थालिएको हो । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
