शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

खोटाङ, २० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको हो ।

मंसिर २० गतेको कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी/करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)